२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाका कारण थप एकजनाको मृत्यु


बिर्तामोड, जेठ ८ । नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

कोभिड १९ संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।

नेपालमा यसअघि जेठ १ गते कोरोना संक्रमणबाट पहिलोपटक एक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनको कोरोना संक्रमणपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते मात्रै पुष्टि गरेको थियो ।

कोरोना संक्रमणपछि भएको दोस्रो मृत्यु भने बाँकेका एक युवाको भएको थियो । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो । उनको जेठ ४ गते बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer