२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अभियानलाई ६०० थान भिटिएम प्राप्त


बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानलाई ६ सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्राप्त भएको छ ।

झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले एक हजार थान भिटिएम किट उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहपछि अभियान किट खरिद गर्ने योजनामा थियो ।

दिनसन बोहोरा

झापा दमक १० का दिनसन बोहोराले ५०० थान भिटिएम किट खरिदका लागि रकम रकम उपलब्ध गराएका हुन् । त्यसका लागि उनले २ लाख ३ हजार ४०० रुपैयाँ अभियानलाई दिएको सचिवालयका गोपाल भट्टराईले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका बोहोरा बिर्तामोडमा एसएस रियलस्टेट र कतारमा कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हुन् ।

पत्नीका साथ सिटौला ।

त्यस्तै, झापा हल्दिबारी २ का यामकुमार सिटौलाले १०० थान भिटिएम किटबापतको ४५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । सिटौला परिवारका साथ अमेरिकामा बस्दै आएका छन् ।
यसैबीच, अभियानले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत ३४० थान किट प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer