२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

रोट्र्याक्ट क्लब अफ बिर्तामोडमा थापा


बिर्तामोड, जेठ १६ । झापाको रोट्र्याक्ट क्लब अफ बिर्तामोडको रोटा बर्ष २०२०(२०२१ को लागि अध्यक्षमा रोट्र्याक्टर प्रभाष थापा चयन भएका छन् । थापा यसअघि क्लवको इलेक्ट प्रेसिडेन्ट थिए । उनी बिर्तामोड नगरपालिकाका इन्जिनियर हुन् ।

क्लबले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनका बीच भिडियो कन्फ्रेन्समार्फत साधारणसभा गरेर नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रोट्र्याक्टर योगेश लिम्बू, रोट्र्याक्टर विवेक शर्मा र वसन्त ढकाल चयन भएका छन् । त्यस्तै, सचिवमा रोट्र्याक्टर बप्पा शाह र सहसचिवमा रोट्र्याक्टर भूमिका सुब्बा चयन भएका छन् । कोषाध्यक्षमा रोट्र्याक्टर आयुष खेतान र सहकोषाध्यक्षमा रोट्र्याक्टर प्रियंका बस्नेत छन् । साथै अन्य २२ जना कार्यसमितिमा चयन भएका छन् ।

कार्यसमितिमा चयन भएकालाई विभिन्न पदको जिम्मेवारी दिईएको र त्यहि अनुसार आगामी दिनमा अगाडी बढ्ने अध्यक्ष थापाले बताए । विभिन्न पेशामा आबद्ध युवाहरुको समूह रोट्र्याक्ट क्लब अफ बिर्तामोडले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ र आउने दिनहरुमा पनि यसलाई निरन्तरता दिने थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer