२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप २७ जनामा कोरोना, संक्रमितको संख्या १०७ पुग्यो


महेन्द्र मावि क्वारेन्टिन ।

बिर्तामोड, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

आज दिउँसो थप २७ जना थपिएका हुन् । झापामा संक्रमितको संख्या १०७ पुगेको छ । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

कचनकवलका छवटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सयभन्दा बढी नेपाली आइसकेका छन् ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुईदुईजना र झापा गाउँपालिका, दमक र भद्रपुर नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer