२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु


बिर्तामोड, जेठ २१ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ७०६ पुगेको छ । हालसम्म ६४ लाख ७३ हजार ५०६ जनामा कोभिड १९ पुष्टि भएको छ । ३० लाख ५ हजार १३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख १० हजार ३१० जनामा देखिएको छ भने ४ हजार ५१६ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा २७ हजार २६३ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा २१ हजार ६०७, रसियामा ८ हजार ८६३, भारतमा ८ हजार ८२१, चिलीमा ३ हजार ५२७, मेक्सिकोमा २ हजार ७७१, पाकिस्तानमा ३ हजार ९३८ कतारमा १ हजार ८२६, इरानमा ३ हजार ११७, बेलायतमा १ हजार ६५३, बंगलादेशमा २ हजार ९११, दक्षिण अफ्रिकामा १ हजार ४५५, साउदी अरेबियामा १ हजार ८६९, कोलम्बियामा १ हजार ३४० र इजिप्टमा १ हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १८ लाख ८० हजार ९३० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ५ लाख ५६ हजार ६६८, रसियामा ४ लाख २३ हजार ७४१, स्पेनमा २ लाख ८७ हजार १२, बेलायतमा २ लाख ७७ हजार ९८५, इटलीमा २ लाख ३३ हजार ५१५, फ्रान्समा १ लाख ८९ हजार २२०, जर्मनीमा १ लाख ८४ हजार ९१, पेरुमा १ लाख ७० हजार ३९, टर्कीमा १ लाख ६५ हजार ५५५, इरानमा १ लाख ५७ हजार ५६२ र चिलीमा १ लाख ८ हजार ६८६ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ८ हजार ५७ पुगेको छ । बेलायतमा ३९ हजार ३६९, इटलीमा ३३ हजार ५३०, ब्राजिलमा ३१ हजार २७८, फ्रान्समा २८ हजार ९४०, स्पेनमा २७ हजार १२७, मेक्सिकोमा १० हजार १६७, बेल्जियममा ९ हजार ५०५, जर्मनीमा ८ हजार ६७४, इरानमा ७ हजार ९४२, क्यानाडामा ७ हजार ३९५, नेदरल्यान्ड्समा ५ हजार ९६७, रसियामा ५ हजार ३७ र टर्कीमा ४ हजार ५८५ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ जना मात्र संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार २२ जना छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा सातौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म २ लाख ७ हजार १९१ जना संक्रमित पुष्टि भएको छ । ५ हजार ८२९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २२१ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८९ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ११ प्रतिशतमा झरेको छ ।

एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । दुई दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । पछिल्लो २४ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको छ । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer