२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

थप २०१ जनामा कोरोना


बिर्तामोड, जेठ २१ । बुधबार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लोपटक २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन् ।

उनीहरुमध्ये १७९ जना पुरुष हुन् भने २२ जना महिला हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा धनकुटाका १ जना, मोरङका २ जना झापाका १ जना, तेह्रथुमको आठराईका १ जना र सुनसरीका १ जना छन् ।

त्यस्तै, धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना, पाँचथरका १ जना, र सुनसरीका ७ जनाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
नारायणी अस्तपालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै, सुर्खेत प्रयोगशालामा दैलेखका १ जना र सल्यानका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीमा ३ र डोटीका २ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना संक्रमण भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ५ जना, प्युठानका २ र सल्यानका १ जनाको पनि पोजेटिभ रिपोर्ट आएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २, काठमाडौँका ३, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीमा १, सर्लाहीका १५ र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer