२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एनपिसिसी बेलायतद्वारा अभियानलाई एक लाख ७ हजार सहयोग


बिर्तामोड, जेठ २२ । एकका लागि एक अभियानलाई नेपाली जनसम्पर्क समिति (एनपिसिसी) बेलायतले नगद सहयोग गरेको छ ।

समितिका पदाधिकारीले अभियानलाई एक लाख ७ हजार ८०३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका विज्ञान प्रसाईंको नेतृत्वमा बेलायतमा अभियानका लागि रकम संकलान गरिएको थियो । प्रसाईं एक्लैले ४४ हजार ५४७ रुपैयाँ प्रदान गरेका छन् ।

अभियानका सहसंयोजक विनोद बस्नेतको पहलमा बेलायतमा रकम संकलन गरिएको थियो । झापामै कोरोना भाइरसको संक्रमण पत्ता लगाउने पिसिआर प्रयोगशाला स्थापनामा सहयोग पुग्ने हेतुले सहयोग रकम अभियानको खातामा जम्मा गरिएको प्रसाईंले जानकारी दिए ।

त्यस्तै, बेलायतस्थित समितिका सभापति युवराज गुरुङले ७ हजार ४२४ रुपैयाँ ५० पैसा, उपसभापति सूर्य नेम्वाङले २९ हजार ६९८ रुपैयाँ, उपसभापति महेश दहालले ७ हजार ४२४ रुपैयाँ ५० पैसा सहयोग गरेका छन् ।

समितिमार्फत क्षमता ढकालले ४ हजार ६०३ रुपैयाँ १९, रोमियान लिम्बूले ३ हजार ७१२ रुपैयाँ २५ पैसा, विनोद मोक्तानले २ हजार ९६९ रुपैयाँ ८० पैसा, विनय अधिकारीले २ हजार ९६९ रुपैयाँ ८० पैसा, इन्द्रहाङ लिम्बूले २ हजार ९६९ रुपैयाँ ८० पैसा र खुसी लिम्बूले १ हजार ४८४ रुपैयाँ ९० पैसा सहयोग गरेका हुन् ।

यसैबीच, अभियानको कोषमा हालसम्म ५९ लाख ४० हजार ७३२ रुपैयाँ जम्मा भइसकेको छ । अभियानलाई देश तथा विदेशमा रहका ५५ वटा संघसंस्था र ६२१ जनाभन्दा बढी व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल २० लाख ६३ हजार ४९९ रुपैयाँ बचत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer