२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप ५ जनामा कोरोना, संक्रमितको संख्या १२३ पुग्यो


बिर्तामोड, जेठ २२ । झापामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु कचनकवल र भद्रपुरस्थित क्वारेन्टिनका हुन् । जिल्लामा संक्रमितको संख्या १२३ पुगेको छ ।

कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर १ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कलवलगुरीकै क्वारेन्टिनमा बसेका कचनकवल ६ का ४५ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । उनीहरू सबै भारतबाट आएका हुन् ।

कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, कचनकवलमा पनि दुईजनामा कोरोना पुष्टि भएको छ । पथरिया माविको क्वारेन्टिनमा बसेकाहरूको दोस्रोपटक स्वाब परीक्षण गर्दा दुईजना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् । कचनकवलमा संक्रमितको संख्या १०२ पुगेको छ ।

पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रोपटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । चारजनाको रिपोर्ट आउन बाँकी छ ।

देशभर पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer