२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एलिनाको ‘फेरि भेट नहोला’


बिर्तामोड, जेठ २६ । गायिका एलिना चौहानको नयाँ गीत “फेरि भेट नहोला“ सार्वजनिक भएको छ ।

रिकेश गुरुङको शब्द संगीत रहेको उक्त गीतले युवा पुस्तामा बसेको मायापछिको बिछोडको कथा बोल्छ । मायापिरतीका गीत गाउँदै आएकी एलिना कभर गीतबाट नेपाली संगीत क्षेत्र प्रवेश गरेकी थिइन् ।

आफ्नो आवाज केही फरक भएको कारणले दर्शकले उनलाई धेरै माया र साथ दिएको उनको बुझाइ छ । २ मिनेट ५६ सेकेन्ड उक्त गीतको भिडियोसमेत युट्युबमा सार्वजनिक भएको छ । योगेश दाहालले खिचेको भिडियोमा एलिनालाई सुन्दर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer