२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

घट्दै कोरोना संक्रमितको मृत्यु दर, बढ्दै संक्रमित


-हिमाल खरेल
बिर्तामोड, जेठ २७ ।
कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसका कुल संक्रमितमध्ये आधा बिरामीले कोराना भाइरसलाई जितेका छन् । हालसम्म संसारभर ७१ लाख ८९ हजार ३९ संक्रमित रहेकोमा ३५ लाख ३० हजार ४९६ बिरामी निको भएर घर फर्किएका छन् । पछिल्लो केही दिनयता बिरामीको उपचारमा क्रमिक सुधार आइरहेको तथ्याड्ढले देखाउँछ ।

त्यस्तै, पाँच साताअघि उपचार फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए । उपचार फाइल बन्द भन्नाले निको भएका र मृत्यु भएका संक्रमितलाई जनाउँछ । तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ९० प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १० प्रतिशतमा झरेको छ ।

डेढ साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । पाँच दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यसको ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको थियो । कुल संक्रमितमध्ये पाँच दशमलव ६८ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । हालसम्म ४ लाख ८ हजार २३२ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, संक्रमितमध्ये ४५ दशमलव २० प्रतिशत बिरामीको उपचार भइरहेको छ । हालसम्म ३२ लाख ५० हजार ३११ जना संक्रमित उपचाररत छन् । तीमध्ये दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । उपचार गराइरहकामध्ये ५३ हजार ७९५ जना बिरामीको अवस्था दयनीय छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा मात्र १ लाख ६ हजार ४४१ जनामा देखिएको छ भने ३ हजार १४९ जनाको निधन भएको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा २० लाख २६ हजार १८९ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ७ लाख १० हजार ८८७, रसियामा ४ लाख ७६ हजार ६५८, स्पेनमा २ लाख ८८ हजार ७९७, बेलायतमा २ लाख ८७ हजार ३९९, इटलीमा २ लाख ३५ हजार २७८, पेरुमा १ लाख ९९ हजार ६९६, जर्मनीमा १ लाख ८६ हजार २०५, टर्कीमा १ लाख ७१ हजार १२१, इरानमा १ लाख ७३ हजार ८३२, फ्रान्समा १ लाख ५४ हजार १८८, चिलीमा १ लाख ३८ हजार ८४६, मेक्सिकोमा १ लाख १७ हजार १०३, साउदी अरेबियामा १ लाख ५ हजार २८३ र पाकिस्तानमा १ लाख ३ हजार ६७१ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख १३ हजार ५२ पुगेको छ । बेलायतमा ४० हजार ५९७, इटलीमा ३३ हजार ९६४, ब्राजिलमा ३७ हजार ३१२, फ्रान्समा २९ हजार २०९, स्पेनमा २७ हजार १३६, मेक्सिकोमा १३ हजार ६९९, बेल्जियममा ९ हजार ६०६, जर्मनीमा ८ हजार ७१३, इरानमा ८ हजार ३५१, क्यानाडामा ७ हजार ८३५, नेदरल्यान्ड्समा ६ हजार १६, रसियामा ५ हजार ९७१, पेरुमा ५ हजार ५७१ र टर्कीमा ४ हजार ७११ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जना संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार ४० जना छन् । चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा छैटौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म २ लाख ६५ हजार ९२८ जना संक्रमित पुष्टि भएको छ । ७ हजार ४७३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २६६ जनाको मृत्यु भएको छ भने ८ हजार ४४२ संक्रमित थपिएका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer