२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा जनस्तरबाट पिसिआर ल्याब सञ्चालन हुँदै


बिर्तामोड, जेठ २८ । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशाला (ल्याब) स्थापनाका लागि काम सुरु गरिएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको विशेष सहयोगमा एकका लागि एक अभियानले प्रयोगशाला स्थापनाका लागि काम अघि बढाएको अभियानका सहसंयोजक विनाद बस्नेतल जानकारी दिए । प्रयोगशालाका लागि कम्तिमा एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले प्रयोगशालाका लागि २५ देखि ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । अभियानको कोषमा २० लाख रुपैयाँ बचत रहेकोमा दाताहरुले नगद प्रदान गरिरहेका छन् ।

समाजको चार दिनअघि बसेको बैठकले अभियानले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका निम्ति महत्वपूर्ण सहयोग गर्ने निर्णय गरेको थियो । झापामै रहेका समाजका उपाध्यक्ष नविन पोखरेलसहितको अभियानको बैठकले प्रयोगशाला स्थापना गर्ने निष्कर्ष निकालेको थियो ।

प्रयोगशाला स्थापनाका लागि अभियानले ठाउँको खोजी गरिरहेको छ भने सरकारसँग समन्वय गरेर सञ्चालन विधिबारे अध्ययन गरिरहेको छ । प्रयोगशालाका सम्पूर्ण उपकरण खरिदका लागि निर्माण कम्पनीसँग परामर्श पनि भइरहेको छ ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।

प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । झापाको कचनकवलमा मात्रै ११३ संक्रमित फेला परिसकेका छन् । जिल्लामा पुष्टि भएका कोरोना संक्रमितको संख्या १४८ पुगेको छ । त्यसमध्ये पाँचथरका दुई र ताप्लेजुङ तीनजना छन् ।

सरकारीस्तरबाट ल्याब सञ्चालन गर्ने ‘गफ’ मात्र भएको छ । प्रदेश सरकारको पहलमा भद्रपुरमा ल्याब र कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याइने भनेर भनिएको पनि तीन साता बितिसकेको छ । केही दिन विवादमै परेको अस्पताल सञ्चालन गर्ने विषय अहिले आएर सेलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer