२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज युएसएद्वारा जिल्लालाई एम्बुलेन्स प्रदान


बिर्तामोड, असार १ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका झापालीहरुको संस्था झापाली समाज युएसएले जिल्लामा दुईवटा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखासँगको साझेदारीमा सञ्चालन हुने ती एम्बुलेन्स खरिद गर्न समाजले १० लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको सचिव निलम बिमलीले बताए । एम्बुलेन्स खरिदका लागि लाग्ने बाँकी पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रसले उपलब्ध गराएका छन् ।

विशेष कार्यक्रम गरेर एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाइए पनि कोरोना संक्रमणका कारण बिनाकार्यक्रम एम्बुलेन्स हस्तान्तरण गरिएको छ । समाजले प्रदान गरेको एम्बुलेन्स सञ्चालनमा आइसकेको छ । अमेरिकामा बस्ने ७२ जना झापालीले समाजमार्फत एम्बुलेन्स खरिद गर्न रकम प्रदान गरेका थिए ।

यसैबीच, झापाली समाज युएसएले पनि कोरोना परीक्षण गर्ने पिसिआर ल्याबका लागि सहयोग गर्ने अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए । ढुङ्गानाले ल्याब खरिदका लागि आर्थिक सहयोग गर्न अमेरिकाबासी नेपालीहरुसँग अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer