२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि मिसन रिबिल्ड नेपालले दुई लाख सहयोग गर्ने


झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ ।

संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार अभियानको विशेष आग्रहमा ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरको पहलमा मिसन रिबिल्ड नेपालले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

२०७२ सालको विनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित मिसन रिबिल्ड नेपालले सिन्धुपाल्चोकमा ८२५ घर पुनर्निर्माण गरेको संस्थापक सचिव अशोक ओलीले जानकारी दिए । भूकम्पबाट क्षतविक्षत बनेको एउटा सिंगो गाउँ नै मिसनले बनाइदिएको थियो ।

संस्थाले सोही ठाउँको राजेश्वरी विद्यालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । ४५ हजार अमेरिकी डलर खर्च गरेर बनाइएको सो विद्यालय निर्माणका लागि अमेरिकाकै एउटा प्रतिष्ठानले सहयोग गरेको थियो ।

त्यस्तै, कोभिड १९ का कारण बिचल्लीमा परेका शिवसताक्षीका नौवटा टोलका २२५ विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । दैनिक ज्यालादारीमा काम गर्ने ती परिवारका ९१५ जनाले मिसन रिबिल्ड नेपालले गरेको सहयोगबाट प्रत्यक्ष लाभ लिएका छन् ।

नेपाल र अमेरिका दुवै देशमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भई सामाजिक कार्य गर्दै आएको संस्थाले अटिजम भएका बालबालिकाका लागि सञ्चालित विद्यालय निर्माणमा सहयोग गरेको छ भने एसिड हमलामा परेका महिलाका लागि पनि काम गर्नेगरी कोष निर्माण हुँदैछ । मिसन रिबिल्ड नेपाल अमेरिका र नेपालमा रहेका चिकित्सक, इन्जिनियर र अन्य पेसाकर्मीको साझा संस्था हो ।

यसैबीच, ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले पनि ल्याबका लागि २५ देखि ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ । अभियानले ल्याबका लागि ८३ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रदेश १ मा संकलन भइरहेको ¥याल संख्या (भिटिएम) को तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । झापामा संक्रमितको संख्या हालसम्म २०५ पुगेका छन् । १३१ जना निका भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer