२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेलको नाफा १६ करोड ८४ लाख


बिर्तामोड, असार १४ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ मा १६ करोड ८४ लाख ७७ हजार मुनाफा गरेको छ ।

बैंकको आइतबार सम्पन्न १४ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ७ अर्ब ८४ करोड रहेको छ । बैंकले निक्षेप संकलन ९ अर्ब २६ करोड रुपैयाँ गरेको छ ।

बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ३७ स्थानमा आफ्ना कार्यालयमार्फत ग्राहकसमक्ष बैंकिंक सेवा प्रदान गरिरहेको छ भने आगामी आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्रभित्रका झापा, मोरङ र सुनसरी जिल्लामा थप नयाँ शाखाहरु स्थापना गर्ने याृजना बनाएको छ । निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ पुँजी बृद्धि योजना अघि बढाएको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को वितरण योग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७४ हजारको १७ दशमलव १० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनस सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ९० प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रस्तावित बोनस सेयर जारी भई कायम हुने चुक्ता सेयर पुँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयँ ७२ पैसाको ३० प्रतिशतका दरले २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ ४२ पैसाको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा स्वागत मन्तव्य सञ्चालक हेमराज ढकालले गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बैंकका वर्तमान गतिविधिको बारेमा मन्तव्य राखेका थिए । संस्थापक शेयरधनीहरु गणेशप्रसाद खनाल र सुरेशकुमार अग्रवालले बैंकको प्रगतिका लागि शुभकामना मन्तव्य राखका थिए ।

Adv footer