२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ल्याबका लागि शिखर साकोसको ५१ हजार सहयोग


बिर्तामोड, असार १६ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर साकोसले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई शिखरले ५१ हजार रुपैयाँ प्रदान गरेको हो । अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सदस्य सञ्जीव घिमिरे र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले रकम ग्रहण गरेका थिए ।

अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जट्ने क्रम जारी छ । सहसंयोजक बस्नेतले सहयोगी शिखर साकोसलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

शिखर साकोसले विगत दस वर्षदेखि बिर्तामोडमा मुख्य कार्यालय रहेर राजगढ र गरामनीमा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । संस्थाले सुरुवातबाट नै सामाजिक कार्यमा सक्रिय सहभागिता देखाउँदै आएको छ । रक्तदान, विद्यार्थीलाई नयाँ कपडा वितरण, विपन्न वर्गलाई दसैँको अवसरमा कपडा वितरण, अनाथ आश्रममा सहयोग लगायतका सामाजिक सेवामा संस्थाले प्रदान गर्दै आएको छ ।

शिखरले यसअघि बिर्तामोड नगरपालिकालाई एक लाख ६१ हजार, अर्जुनधारालाई ५१ हजार र बाह्रदशीलाई ८८ हजार रुपैयाँ सहयोग गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष दिपेन्द्र राउत, उपाध्यक्ष ऐश्वर्य पाण्डे, सचिव हिमालय प्रसाईं, सहसचिव तारा खतिवडा, कोषध्यक्ष विजय चापागाईं, सदस्यहरु मदन विश्वकर्मा, किरण थापा, विज्ञान खड्का, लेखा संयोजक अर्जुन चापागाईंलगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष राउतले नेपालमै पहिलो जनस्तरबाट निर्माण गर्न लागिएको कोरोना भाइरस परीक्षण प्रयोगशालाका शिखर साकोस जोडिन पाउँदा हर्षित भएको बताए । कोरोना परीक्षण गरेर निर्वाध रुपमा व्यापार व्यवसायमा संलग्न हुन सहज हुने राउतले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer