२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण


बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण कार्याक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच वर्ष २०२०÷२१ का अध्यक्ष घनश्याम चौधरीलाई वर्ष २०१९÷२० का अध्यक्ष नीरज ओलीले पद हस्तान्तरण गरेका थिए ।

बिर्तामोडको आँगन पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्सका रिजन चियर पर्सन सत्यनारायण शर्माले क्लबले यसअघि गरेका कामको प्रशंसा गर्दै नयाँ समितिलाई शुभकामना दिए । कार्यक्रममा जोन चियर पर्सन ओमकृष्ण बिमली, डिस्ट्रिक चियर पर्सन विश्वासबाबु काश्यप, बिर्तामोड लेडी लायन्सकी अध्यक्ष उर्मिला बिमली खरेल, व्यवसायी बलराम कार्कीले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका द्वितीय उपाध्यक्ष मनोज बानियाँले स्वागत गरेको कार्यक्रममा प्रेस संयोजक हिमालचन्द्र खरेलले झन्डाको अभिवादन वाचन गरेका थिए । क्लब सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेको कार्यक्रममा तत्कालीन प्रथम उपाध्यक्ष घनश्याम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबले यसअघि नै नयाँ कार्यसमिति चयन गरेको थियो । जसमा प्रथम उपाध्यक्षमा रामेश्वर द्विवेदी, द्वितीय उपाध्यक्षमा मनोज बानियाँ, तृतीय उपाध्यक्षमा दुर्गा थपलिया रहेका छन् । क्लब सचिवमा उपेन्द्र बानियाँ, संयुक्त सचिवमा एजाज अहमद अन्सारी, कोषाध्यक्षमा अनन्तलाल महतो, संयुक्त कोषाध्यक्षमा संजय चौधरी, प्रवक्तामा अशोक चौधरी चयन भएका छन् ।

क्लबको प्रेस संयोजकमा हिमालचन्द्र खरेल, क्लब संयोजकमा चन्द्र कट्टेल, टेमरमा टहलदास ओली, टेल ट्विास्टरमा प्रेम खड्का, थिम निर्देशकमा राजेश नेपाल छन् । निर्देशकहरु पदम पुरी, नरेश शाह, त्रिलाकी शाह, टंक पौडेल, पारस मैनाली, दिपक साफी, सौगात संग्रौला, तुलसी शिवाकोटी, तेजप्रकाश शिवाकोटी, गंगा गौतम र राजाबुल शेख चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer