२०८२ जेठ २५ आइतबार
Jhapa Today
Adv top

ल्याबका लागि एउटै कार्यक्रममा ५ लाख ३६ हजार सहयोग


झापा, असार १७ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण जारी राखेका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा पाँच लाख ३६ हजार रुपैयाँ ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए ।

बिर्तामोड उद्योग बाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनको तर्फबाट २ लाख ५१ हजार, बिर्तामोड–४ निवासी शिक्षासेवी गणेशप्रसाद खनाल र बुध खनाल दम्पत्तीबाट १ लाख ११ रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै, बिर्तामोड–१ सिरीजंगाचोकका क्याप्टेन जगनध्वज लिम्बू र कृष्णकुमारी लिम्बू दम्पत्तीबाट ५१ हजार, नेपाल पेट्रोलियम राष्ट्रिय एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २१ हजार, बिर्तामोड–५ का चन्द्र कट्टेल र निरा कट्टेल दम्पत्तीबाट २१ हजार, बिर्तामोड मदरसा तालिमलका अध्यक्ष अफरोज खानबाट २१ हजार र बिर्तामोड–१ का डिके गुरुङबाट १० हजार रुपैयाँ हस्तान्तरण भएको छ ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कडेल, गजेन्द्र पौडेल, सञ्जवि घिमिरे, निर्मल भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

अभियानमा हालसम्म देश तथा विदशका ७० संघसंस्था र १ हजार १ सय व्यक्तिबाट सहयोग प्राप्त भएको छ । अभियानले ल्याब स्थापनाका लागि ८० लाखभन्दा बढी रकम गरिसकेको छ ।

Adv footer