२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि तीन सहकारीद्वारा ३ लाख २ हजार सहयोग


बिर्तामोड, असार २५ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई झापा जिल्ला सहकारी संघमार्फत आज बिहीबार ३ लाख २ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि संघमार्फत रकम संकलन सुरु गरिएको थियो । दाताहरु रकम हस्तान्तरण गर्न उत्साही पनि देखिएका छन् ।

एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई झापा बिर्तामोडका तीनवटा सहकारी संस्थाले नगद हस्तान्तरण गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख हस्तान्तरण गरे ।

हाम्रो नेपालको तर्फबाट अध्यक्ष भवानी दंगाल, सिम्रिकको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराई तथा पब्लिकको तर्फबाट अध्यक्ष प्रमिला गौतमले अभियानका सहसंयोजक विनोद बस्नेतलाई चेक हस्तान्तरण गरे ।

संघका झापा अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव भवानी दंगालले स्वागत गरेका थिए । अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए भने नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

यही कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासंघले ल्याबका लागि २५ हजार रुपैयाँ प्रदान गरेको छ । महासंघका महासचिव सुवास भट्टराईले अभियानलाई नगद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अभियानका सदस्यहरु यज्ञराज ओली, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

अभियानको कोषमा एक करोड रुपैयाँ जम्मा भइसकेको छ भने सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer