२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीद्वारा मास्क वितरण


बिर्तामोड, असार २६ । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।

बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क प्रदान गरिएको थियो । मनोजकुमार साहको संयोजकत्वमा भएको कार्यक्रममा पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको थियो ।

नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेपछि लायन्सले जनचेतना जगाउन र मास्क प्रयोगका बारे सचेतना कार्यक्रम गरेको अध्यक्ष घनश्याम चौधरीले बताए । लायन्सले यसअघि पनि कोरोनाबाट जोगिन विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, रिजन चियर पर्सन ओमकृष्ण बिमलीले लायन्सले गरेको चेतनामुलक कार्यक्रमको प्रशंसा गरेका थिए । उनीहरुले यस्ता कार्यक्रम अरु संघसंस्थाले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सदस्य प्रेमकुमार खरेल, यमुना आचार्य, लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, चार्टर प्रेसिडेन्ट निरज ओलीलगायत क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव उपेन्द्र बानियाँले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer