२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि दमकका सहकारीबाट ६ लाख


दमक, असार २८ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमक र कमलका १० वटा सहकारीबाट ६ लाखभन्दा धेरै रमक हस्तान्तरण भएको छ ।

आइतबार एक कार्यक्रमका बीच दाता सहकारीहरुले एउटै कार्यक्रममार्फत ‘एकका लागि एक अभियान’ लाई सहकारीका प्रमुख तथा प्रतिनिधिहरुले नगद हस्तान्तरण गरेका थिए । योसँगै दमक क्षेत्रबाट पिसिआर ल्याब स्थापना गर्नको लागि सहयोग गर्न अन्य सामाजिक संघसंस्थाहरु पनि उत्साहित बनेका छन् ।

झापा जिल्ला सहकारी संघको आयोजनामा संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा दमकस्थित मेची सहकारी संस्थाको सभाहलमा भएको रकम हस्तान्तरण कार्यक्रममा ६ लाख २९ हजार ९९५ रुपैयाँ अभियानलाई प्राप्त भएको थियो ।

रकम प्रदान गर्ने संस्थाहरुमा कमल–३ को नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष शरणकुमार पराजुलीले १ लाख १ हजार १११ रुपैयाँ, मेची सहकारी संस्था दमक–६ बाट अध्यक्ष नारायण भट्टराईले १ लाख २ हजार २२२ रुपैयाँ, कमल–२ को पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट व्यवस्थापक चन्द्रकला ढकालले १ लाख २ हजार रुपैयाँ रकम प्रदान गरेका छन् ।

त्यसैगरी, दमक–६ को सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष टिका सापकोटाले १ लाख रुपैयाँ जिल्ला सहकारी संघमार्फत अभियानलाई हस्तान्तण गरिएको थियो । दमकस्थित दर्पण साकोसबाट अध्यक्ष रेगिना भट्टराईले ५१ हजार, डाँफे साकोसको तर्फबाट अध्यक्ष तुलाराम न्योपानेले ५१ हजार, सूर्यमुखी साकोसबाट अध्यक्ष चूडामणि ओझाले २५ हजार ५१ रुपैयाँ उपलब्ध गराएका थिए ।

दमककै अर्को सहकारी नवदुर्गा बहुउद्देश्यीय सहकारीको तर्फबाट अध्यक्ष प्रेमकुमार कोइरालाले २५ हजार, हिमाञ्चल साकोसबाट अध्यक्ष बुद्ध पाण्डेले २५ हजार र दमक बहुउद्देश्यीय सहकारी संस्थाबाट अध्यक्ष सुरेन्द्र श्रेष्ठले २५ हजार रकम उपलब्ध गराएका थिए । कार्यक्रममा स्थानीय समाजसेवी सन्तोष श्रेष्ठले ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नते, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब सुरुंगाका अध्यक्ष कुमारमणि पोखरेल, उपाध्यक्ष शिवकुमार कडेल, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, तुलाराम न्यौैपाने, लगायतको उपस्थिति थियो ।

कार्यक्रमा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानको औचित्य र अवस्थाको बारेमा प्रकाश पारेका थिए । झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेको कार्यक्रमको सहजीकरण संघका सहसचिव भानु दंगालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer