२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नक्कली भारतीय रुपैयाँसहित तीनजना पक्राउ


बिर्तामोड, असार २८ । प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने तीनजनालाई रकमसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार कनकाई–३ सुरुंगाका सुनचाँदी व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का २९ वर्षीय खुर्सैद आलम र झापा–५ निवासी २४ वर्षीय एराजुल हक एक लाख ४४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् । गत शनिबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाई राखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको थियो ।

श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका ४ र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer