२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई


बिर्तामोड, असार ३१ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड–१ स्थित ढकाल परिवारद्वारा ५० हजार १०१ रुपैयाँ हस्तान्तरण भएको छ ।

पत्नी शिला ढकालको जन्मोत्सवको दिनमा बुधबार एकका लागि एक अभियानका अभियन्तालाई घरमै बोलाएर समाजसेवी तथा व्यवसायी मोहन ढकालले उक्त रकम हस्तान्तरण गराएका हुन् ।
शुभदिनको खुसीको पललाई समाजप्रति सर्मपित गर्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने सन्देश दिने अभिप्रायले अभियानका लागि रकम हस्तान्तरण गर्न पाएको भन्दै शिला ढकालले खुसी व्यक्त गरेकी थिइन् ।

रकम हस्तान्तरणमा ढकाल दम्पत्तीका छोराबुहारी मनुश्वी ढकाल, चेतना ढकाल, अभियनको तर्फबाट अभियानका सहसंयोजक विनोद बस्नेत, अभियन्ताहरु अर्जुन चुडाल, एकराज गिरीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer