२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रतिष्ठानद्वारा अभियानलाई २५ हजार सहयोग


बिर्तामोड, साउन ५ । समुदाय, सहकारी र सरकारको सामुहिक पहलमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले २५ हजार ११५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।

प्रतिष्ठानले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत र सदस्यहरु केदार गिरी, मिजास पोखरेलको उपस्थितिमा उक्त रकम प्रदान गरेको हो । स्वर्गीय पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित प्रतिष्ठानले दोस्रो स्मृति दिवसको सन्दर्भ पारेर ल्याब स्थापनार्थ सहयोग प्रदान गरेको प्रतिष्ठानकी संरक्षक रुपादेवी खनालले बताइन् ।

प्रतिष्ठानले स्वर्गीय खनालको जीवनी समेटिएको वृत्तचित्र समेत सार्वजनिक गरेको छ । पत्रकार, साहित्यकार तथा सामाजिक संघसंस्थामा क्रियाशील गोपीकृष्ण खनालको दुई वर्षअघि सडक दुर्घटनामा निधन भएको थियो ।

संक्षिप्त स्मृति सभाको आयोजना गरेर प्रतिष्ठानले सहयोग रकम हस्तान्तरण गरेको सचिव डा. पुण्यप्रसाद सिग्देलले बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनाल, उपाध्यक्ष नैनकला भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer