२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

छोरा र छोरीको जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई


बिर्तामोड, साउन ५ । नगरस्तरबाट सञ्चालित सामाजिक अभियानका कारण मानिसको जीवनशैली पनि परिवर्तन हुँदैछ । खासगरी आफ्नो र परिवारको जन्मदिन मनाउने शैलीमा फरकपन आउन थालेको छ ।

यसै सिलसिलामा झापा बिर्तामोडका दिपक साफीले आफ्ना छोरा र छोरीको जन्मदिन मनाउने खर्च सामाजिक कार्यका लागि प्रदान गरेका छन् । ७ वर्षीय छोरा यशराज र २ वर्षीया छोरी रुहिकाको साउन ५ गते परेको जन्मदिनको उपलक्ष्यमा दिपकले एकका लागि एक अभियानअन्तर्गत स्थापना हुने पिसिआर ल्याबका लागि ११ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

लायन्स क्लब अफ बिर्तामोड सिटीले संयोजन गरेको कार्यक्रमको अध्यक्षता लायन्सका अध्यक्ष घनश्याम चौधरीले गरेका थिए । कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले रकम ग्रहण गर्दै लायन्स क्लब र साफीप्रति आभार व्यक्त गरेका थिए ।

लायन्सको मेम्बरसिप चियरपर्सन रहेका साफी छठ समाज सेवा समितिका सदस्य हुन् । माँ लक्ष्मी साकोसको व्यवस्थापक रहका उनले पिसिआर ल्याबका लागि रकम हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, प्रथम उपाध्यक्ष रामेश्वर रामेश्वर द्विवेदीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अभियान तथा लायन्सका प्रेस संयोजक हिमाल खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer