२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोसी अस्पतालको पिसिआर मेसिन बिग्रियो


बिर्तामोड, साउन १४ । कोसी अस्पताल विराटनगरको पिसिआर मेसिनमा बिग्रिएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा पुगेको बेला मेसिन बिग्रिएपछि प्रदेश १ मा संकट उत्पन्न भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पिसिआर मेसिनमा प्राविधिक समस्या आएपछि मर्मतका लागि काठमाडौँ पठाइएको छ । सोमबारसम्म संकलन भएका स्वाबको नमुना परीक्षण गरिएको थियो तर समस्या भने केही दिनअगाडि देखि नै रहँदै आएको दासले बताए ।

ममर्तका लागि सो मेसिन पठाइएकाले र नयाँ मेसिन जडान गर्ने प्रक्रिया सुरु गरिएको बताइएको छ । अस्पतालमा नियमित औषधि आपूर्ति गर्दै आएका औषधि सप्लायर्सबाट केही समयका लागि अर्को मेसिन लिएर जडान गरिने भएको छ ।

कम्तीमा ७२ वटा स्वाब नमुनामा रिपोर्ट दिने क्षमता रहेको यो मेसिन केही वर्षअगाडि देखि नै कोसीमा रहेको थियो । अस्पतालको ल्याबमा कार्यरत ७ जना कर्मचारीले बिहान ८ बजेटबाट निरन्तर बेलुका ११ बजेसम्म दैनिक २५० वटासम्मको रिपोर्ट निकाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer