२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मास्क नलगाउनेलाई १०० जरिवाना !


बिर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम घर बाहिर मास्क नलगाई हिँड्ने प्रवृत्तिमाथि कुनै पनि सम्झौता नगरी अटेर गर्नेहरुविरुद्ध निर्णयको कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा आज बुधबार बसेको जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रका बैठकल यस्तो जरिवाना गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको र हाल केही सेवा र कार्यहरु सञ्चालन गर्न खुला एवम् सहजीकरण गरिकाले मानिसहरु खुलमखुला हिँडडुल गरिरहेका छन् । यस्तो अवस्थामा मास्कको प्रयोग नगर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने, न्यूनतम सामाजिक दुरी कायम नगर्ने, अनावश्यक भिडभाड गर्ने प्रवृत्तिमा बृद्धि भई संक्रमणको जोखिम बढ्दै गएकाले जरिवानाको निर्णय गरिएको हो ।

यसैबीच, झापबाट अर्को जिल्ला जानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य सवारी पास लिएर मात्र सवारी चलाउन बैठकले आग्रह गरेको छ । अर्को जिल्लाबाट झापा आउन पनि सो जिल्लाबाट पास लिएर मात्र आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer