२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सिपिएल खेल्न पिपिइ लगाएर गए सन्दीप


बिर्तामोड, साउन १५ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्न आज बिहान एयरपोर्ट पुगेका नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पिपिइमा देखिएका छन् ।

उनी बिहीवार बिहान १० बजे प्रस्थान गर्दै छन् । उनी कोरियन एयरमार्फत कोरियाको सोल हुँदै त्यसतर्फ जानेछन् । लामिछानेका मेनेजर रमन शिवाकोटीका अनुसार उनी त्यहाँबाट अमेरिका ट्रान्जिट हुँदै अगस्ट १ मा ट्रिनिडाड एन्ड टोबागो पुग्नेछन् ।

लामिछाने त्यहाँ पुगेपछि १५ दिन क्वारेनटाइनमा बस्नेछन् । सिपिएल अगस्ट १५ बाट सेप्टेम्बर १० सम्म हुनेछ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

सिपिएलमा उनले यसपाला जमैका तहल्लाबाजबाट खेल्ने छन् । जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन् । उनी नेपालका सर्वाधिक सफल क्रिकेटर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer