२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

डिसइन्फेक्सन स्प्रे गर्दै स्वच्छ मोड


बिर्तामोड, साउन २८ । कोरोना भाइरसको संक्रमण रोक्न झापाको बिर्तामोडको स्वच्छ मोडले जीवाणुनाशक औषधि निःशुल्क छिट्ने काम सुरु गरेको छ ।

बिर्तामोड १ मा कार्यालय रहेको स्वच्छ मोडले एक सातादेखि बिर्तामोडका सहरी क्षेत्रमा डिसइन्फेक्सन पाउडर छिट्दै आएको स्वच्छ मोडका प्रमुख प्रदिप खड्काले जानकारी दिए । संस्थाले जीवाणुनाशक औषधि छिट्नका लागि स्प्रे पम्प र औषधि खरिद गरेर ल्याएको छ ।

स्वच्छ मोडको अगुवाईमा संस्थाका सदस्यहरुले दैनिक रुपमा बढी भीडभाड हुने र कोरोना भाइरसको जीवाणु रहनसक्न स्थानमा औषधि स्पे्र गर्दै आएको छ । संस्थाले पसल, कार्यालय तथा प्रतिष्ठानहरुमा औषधि छिट्दै आएको छ ।

संस्थाले ल्याबमा आवश्यक सामग्री, सर्जिकल, डिस्पोजेबल, क्लिनिङ, एक्सरे जस्ता कार्यमा चाहिने सामान बिक्री गर्दै आएको खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer