२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

समुदायमा कोरोना देखिएपछि मेचीनगरमा लकडाउन


मेचीनगर, साउन २८ । समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिका क्षेत्रमा भोलिदेखि लकडाउन गरिने भएको छ ।

भारतसँग सीमा जोडिएको मेचीनगर झापाको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो । मेचीगनरमा समुदायका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ‘यस कारण भोलिदेखि एक सातासम्म लकडाउन गर्न लागिएको हो’, कोरोना नियन्त्रण कार्यदलका संयोजक नविन बरालले भने ।

बुधबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकले लकडाउनको निर्णय गरको हो । मेचीनगर १० का एक युवामा पहिलोपटक पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको हो । अहिले एक डाक्टरसहित समुदायका चारजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मेचीनगर १० मा बस्दै आएका कोरोना पुष्टि भएका ती डाक्टर मेची आम्दा अस्पतालमा कार्यरत थिए । मेचीनगरमा आज समुदायमा संक्रमण देखिएका १५ वर्षीय फुटबल खेलाडीका दिदी र भाइ हुन् । मेचीनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer