२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

फिफा विश्वकप र एसियन कपका छनोट खेलहरु स्थगित


बिर्तामोड, साउन २८ । कतारमा हुने फिफा विश्वकप छनोट र एएफसी एसियन कपका छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण छनोट चरणका खेलहरु स्थगित गरेको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ । कोरोनाकै कारण यसअघि स्थगित भएका खेलका लागि अक्टोबर नोभेम्बर तय गरिएको थियो ।

विश्वकव छनोट २०२२ मा कतारमा र एएफसी एसियन कप चाइनामा २०२३ हुने तालिका छ । खेलाडी र सहभागीको स्वास्थ्यलाई मध्यनजर गर्दै छनोट चरणका खेलहरु स्थगित गरेको एएफसीले जनाएको छ ।

छनोट चरणकै लागि एन्फाले खेलाडीहरुको कोरोनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । सबै खेल दशरथ रगंशालामा गर्ने तयारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) थियो । जसका लागि भदौ १ गतेदेखि बन्द प्रशिक्षणका लागि खेलाडीहरु क्वारेन्टिनका बसिरहेका छन् ।

छनोट चरणमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को हार व्यहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई पराजित गरेको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० को हार भोगेको थियो । जोर्डनसँग ३–० ले हार भोगेको थियो ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछन् । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपका लागि छनोट हुनेछन् ।

तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले सो छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ । नेपालको नतिजाअनुसार नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । -नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer