२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा बिर्तामोडद्वारा सरहेबापत पौने तीन लाख प्रदान


बिर्तामोड, भदौ ६ । सामाजिक कार्य अग्रणी सहारा नेपाल साकोसको बिर्तामोड सेवा केन्द्रले खान पुगोस् दिन पुगोस् कार्यक्रमअन्तर्गत एक महिनामा पौने तीन लाख रुपैयाँ वितरण गरेको छ ।

नेपालकै ठुलो सहकारी संस्था सहाराले हरेक सेयर सदस्यको एकाघर परिवारको सदस्यको निधन भएमा तीस हजार रुपैयाँ प्रदान गर्दै आएको छ । बिर्तामोड सेवा केन्द्रले साउन महिनामा नौ परिवारलाई रकम हस्तान्तरण गरेको इलाका इन्चार्ज घनश्याम रायले जानकारी दिए ।

निधन भएको सदस्यको परिवारमा सरहे रकमस्वरुप सहाराले नगद दिँदै आएको छ । गत वर्ष मात्र सेवा केन्द्रले ७२ परिवारका शेयर सदस्यलाई २१ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको रायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer