२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सिड्नीमा कनकाई क्रिकेट क्लबको जर्सी सार्वजनिक


बिर्तामोड, भदौ ६ । अस्ट्रेलियामा रहेका झापालीहरु सम्मिलित कनकाई क्रिकेट क्लबको जर्सी सार्वजनिक गरिएको छ ।

झापाली समाज अस्ट्रेलियाद्वारा सञ्चालित क्लबलाई स्मार्ट एजुकेसन एन्ड भिसा सर्भिस, किंस्टन इन्स्टिच्युट अस्ट्रेलिया र एबी ड्राइभिङ स्कुलले जर्सी प्रायोजन गरेका हुन् । एक कार्यक्रमका बीच शनिबार सिड्नीको अबर्नस्थित अबर्न पार्कमा जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष उमेश पोखरेलले खेलले मानसिकलगायत शारीरिक स्वास्थ्यलाई सहयोग पुग्नका साथै खेलकुदमा आबद्ध हुँदा पारिवारिक वातवरण सिर्जना हुने कुरा व्यक्त गरे ।
झापाली समाज अस्ट्रेलियाका संरक्षक दिपक खनाल, सल्लाहकार रुपराज मैनाली, अन्तर्राष्ट्रिय झापाली समाजका क्षेत्रीय उपसंयोजक अजय राजवंशी उपस्थित कार्यक्रमको सञ्चालन सचिव अशोक उप्रेतीले गरेका थिए ।

कार्यक्रममा युवा व्यवसायी सुशील नेपालले यो महामारीका बेला खेलमा सहभागी रहँदा केही मात्रामा भए पनि मानसिक स्वास्थ्यमा सहयोग पुग्ने आशा व्यक्त गरे । संरक्षक तथा व्यवसायी दिपक खनालले बुद्धभूमि कप सिजन १ का लागि झापालीलाई प्रतिनिधित्व गर्ने सम्पूर्ण खेलाडीलाई शुभकामना दिए ।

कार्यक्रममा क्लबका मेनेजर अरुण बिमली, कप्तान विवेक पोखरेलल जर्सी प्रायोजन गर्ने संस्थालाई धन्यवाद दिए । यही अगस्ट २१ तारिखबाट सुरु भएको बुद्धभूमि कप सिजन १ मा १२ वटा क्लबले सहभागिता जनाएका छन् । सिड्नीस्थित विभिन्न खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको फाइनल खेल नोभेम्वर १५ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer