२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चल क्यान्सर अस्पतालमा दुर्लभ रोगको सफल शल्यक्रिया


बिर्तामोड, भदौ ७ । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले एड्ड्रोनल मासको सफल शल्यक्रिया गरेको छ । एड्ड्रोनल मास दस लाख मानिसमा एक जनामा मात्र देखिने दुर्लभ रोग हो ।

अस्पतालका सर्जन डा. वासुदेव बास्कोटाका अनुसार फोक्सो, ठुलो आन्द्रा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्युमरलाई ‘एड्ड्रोनल मास’ भनिन्छ । यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुने बास्कोटाले बताए ।

अस्पतालले मोरङको पथरी शनिश्चरेकी बबिता माझीको सफल शल्यक्रिया गरेको हो । पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने, ढाड दुख्ने लगायतका लक्षण देखिएपछि तीन महिनाअघि पूर्वाञ्चल क्यान्सर अस्पताल आएकी माझीलाई ‘एड्ड्रोनल मास’ भएको पुष्टि भएपछि अस्पतालले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको थियो ।

करिब चार घण्टा लगाएर गरिएको शल्यक्रियामा २२ जना चिकित्सकको टोली संलग्न रहेको बताइएको छ । टोलीमा सर्जरीमा डा. वासुदेव बास्कोटा, एनेस्थेसियामा डा. राजु श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा वीरेन्द्र यादव, रेडियोलोजिस्ट डा. उमेशकुमार शर्मा र क्रिटिकल केयरमा डा. निरज केयल लगायतको टिम सहभागी रहेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जटिल शल्यक्रिया भए पनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए । माझीको उपचारमा चार लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

यसैबीच, बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा कोरोना संक्रमित बिरामी फेला परेको भन्दै अफवा फैल्याइएको अस्पतालले जनाएको छ । आइसोलेसनमा रहेका एकजना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको र उनलाई उपचारका लागि कोसी अस्पताल पठाइएको छ । उनको उपचारमा संलग्न चिकित्सक तथा नर्सको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer