२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई


बिर्तामोड, भदौ ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १(० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औँ मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफमा पिएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन । दोस्रो हाफमा बायर्नले आक्रमणमा केही बढावा दिँदै गोल निकाल्न सफल भयो ।

छैटौँ मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो । बायर्नले त्यसपछि केही दबाब सिर्जना गरे पनि पिएसजीको डिफेन्सले त्यसलाई विफल पार्यो ।

दसौँ मिनेटमा पीएसजीका थिलो केहररको क्रसलाई बोटेङले क्लियर गर्दै खतरा टारे । लगत्तै छोटो कर्नर लिएको पीएसजीले गोलरक्षक नोएरलाई समस्या दिन सकेन । १४ औं मिनेटमा बर्नाटको पासमा पेनाल्टी क्षेत्रभित्र किलियन एमबाप्पेको प्रहारलाई लिओन गोरेट्जकाले छेके । लगत्तै एमबाप्पेकै प्रयासलाई जोसुवा किम्मिचले गोलरक्षकसम्म पुग्न दिएनन् ।

खेलको १८ औँ मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे । खेलको २२ औँ मिनेटमा अग्रता बनाउन चुक्यो । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो । त्यसको एक मिनेटपछि एन्जल डि मारियाले काउन्टर मुभमा गोल गर्न सकेनन् । पेनाल्टी क्षेत्र भित्रबाटको डि मारियाको प्रहार आकासिएको थियो ।

त्यस्तै, ३१ औँ मिनेटमा लेवान्डोस्कीको उत्कृष्ट हेड प्रहार पिएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरेका थिए । यससँगै बायर्नले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यसअघि बायर्नले १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो । पिएसजी भने पहिलोपटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।
सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पिएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer