२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कामाटोली बजार सामान्य


बिर्तामोड, भदौ १० । गोरु काटेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि तनावग्रस्त बनेको झापा गाउँपालिकाको कामाटोली बजार सामान्य बनेको छ ।

बिहीबार बिहान ७ बजेसम्म चिया नास्ता पसलहरु सञ्चालनमा आइसकेका छन् भने अरु पसलहरु समेत खुल्ने तरखरमा छन् । स्थिति सामान्य बन्दै गएपछि राति अबेरसम्म तैथान सुरक्षाकर्मी पनि कामाटोली बजारबाट फर्किएका छन् ।

बुधबार बिहान कामाटोलीमा स्थानीय मुसलमान समुदायका युवाले गोरु काटेको खबर पाउनसाथ प्रहरी पुगेको थियो । मासुको भाग लगाउँदै गरेका स्थानीय अब्दुल सलाम र ताजबुल हकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गर्दैगर्दा स्थानीयले आक्रमण गरेका थिए ।

झडपका क्रममा एकजनाको मृत्युसमेत भएको छ । झापा गाउँपालिका–३ कामाटोलीका ३८ वर्षीय रसिकुल आलमको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीसँग भएको झडपका क्रममा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार प्रहरीविरुद्ध करिब तीन सयजना भेला भएका थिए । उनीहरूले सशस्त्र प्रहरीको गाडीमा समेत तोडफोड गरेका थिए । स्थानीयको आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी सामान्य घाइते भएका छन् भने सशस्त्र प्रहरीका जवान राज खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गोरु काटेका मानिसलाई छोड्न माग राख्दै स्थानीय मुसलमान समुदायले राति अबेरसम्म सडकमा टायर बालेर अवरुद्ध गरेका थिए । उनीहरू घरेलु हातहतियारसहित बसेको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer