२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आलमको परिवारलाई १० लाख दिने सहमतिपछि आन्दोलन टुंगियो


शोकमा रहेका मृतक आलमका पत्नी र छोराछारी ।

बिर्तामोड, भदौ ११ । बाछो काटेर पक्राउ परेका झापा–३ का दुईजनालाई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने क्रममा झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमका परिवारलाई क्षतिपूर्तिबापत दस लाख दिने सहमति भएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा केन्द्र र प्रदेश सरकारसँग पहल गरेर क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो । सर्वदलीय बैठकले पीडित परिवारलाई दस लाख राहत उपलब्ध गराउने सहमति भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

बाछा काटिएको स्थान हकको ग्वाली ।

त्यस्तै, तत्कालका लागि गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । आलमका पत्नी, दुई छोरी र एक छोरा छन् ।बाछो काटेको अभियोगमा झापा गाउँपालिका–३ का ताजबुल हक र अब्दुल सलामलाई पक्राउ गरेको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीका अनुसार प्रहरीविरुद्ध करिब तीन सयजना भेला भएका थिए । उनीहरूले सशस्त्र प्रहरीको गाडीमा समेत तोडफोड गरेका थिए । स्थानीयको आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी सामान्य घाइते भएका छन् भने सशस्त्र प्रहरीका जवान राज खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक आलमको घर ।

हकको घरको ग्वालीमा बाछो काटेर मासु भाग लगाउँदै गर्दा प्रहरी पुगेको थियो । स्थानीय एकजना मुस्लिम युवाका अनुसार हकको घर र अन्यको घरमा पनि यसअघि बाछा र गोरु काटेर खाने गरिएको थियो ।

बुधबार साँझ प्रहरीले चलाएको गोली आलमको मृत्यु भएको थियो । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए ।

छनबिन समिति गठन
यसैबीच, घटनाको छानबिनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सहमतिपछि अस्पतालमा रहेको आलमको शव बुझ्न परिवार सहमत भएका छन् । शुक्रबार शव बुझ्ने सहमति भएको छ ।

बुधबार राति १२ बजेसम्म भएको छलफमा पक्राउ परेका दुईजनालाई रिहा गर्ने समहति भएपछि प्रदर्शन रोकिएको थियो । बिहीबार बिहानदेखि कामाटोली बजारको स्थिति सामान्य बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer