२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शेर्माको घर बनाउन हङकङबाट एक लाख सहयोग


बिर्तामोड, भदौ १५ । झापाको शिवसताक्षी नगरपालिकाकी बाढीपीडित एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङ नेप्लिज मोबाइल फोटोग्राफीले एक लाख रुपैयाँ प्रदान गरेको छ ।

हङकङ नेप्लिजको तर्फबाट सञ्चारकर्मी भूमिका सुब्बा फियाकले मेची अभियानका संयोजक विजय डालमियालाई एक लाखको चेक हस्तान्तरण गरिन् । अभियानको नेतृत्वमा शेर्माको घर निर्माणका काम अघि बढिरहेको छ ।

हङकङ नेप्लिज मोबाइल फोटोग्राफी एक फेसबुकको समूह हो । समूहले देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई मोबाइल फोटोग्राफीमार्फत एक ठाउँमा जोड्ने उद्देश्यले राख्दछ । समूहमा भूमिकाले शेर्माको घरसँग सम्बन्धित फोटो पोस्ट गरेपछि यो समूह सहयोगको लागि अभियानसँग जोडिएको हो ।

विदेशी भूमिमा रहेर पनि आफ्नो देशको यो विपत्तिमा समूहको तर्फबाट सहयोग गर्न पाउँदा आफू अन्त्यन्तै खुसी भएको समूहका एड्मिनमध्येका एक अनिलकुमार गुरूङल बताए ।
यही असार १२ गते कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षित रूपमा बस्दै आएकी छन् ।

एक वर्षअघि पति गुमाएकी ताराको बारेमा समाचार सञ्चारमाध्यममा आएपछि मेची अभियानले उनको लागि पक्की घर बनाइदिने भएको हो । त्यसका लागि शिवसताक्षी नगरपालिकाले शेर्माको स्थायी पुनस्र्थापना गर्न जनता आवास कार्यक्रम क्षेत्रमा जग्गा दिने निर्णय गरेपछि शेर्माको घर बन्ने भएको छ । घरको शिलान्यास भइसकेको छ । तिहारअघि शेर्मालाई घर भित्र्याउने तयारीका साथ काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer