२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीद्वारा सात लाखको अवैध सामान बरामद


बिर्तामोड, भदौ १८ । झापाका विभिन्न पोस्टमा खटिएको सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर नेपाल ल्याइँदै गरेको सात लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ ।

झापामा रहेका नौवटा बोर्डर आउट पोस्ट र नम्बर २ गण हेडक्वार्टरले पछिल्लो एक हप्ताको अवधिमा सात लाख छ हजार ९३५ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

भदौ १० गतेदेखि १७ गतेसम्म बरामद गरिएको अवैध सामान मेची र भद्रपुर भन्सार कार्यालयमा दाखिला गरिएको छ । भण्डारीका अनुसार नम्बर २ गण हेडक्वार्टर झापाबाट ४४ हजार रुपैयाँको कपडा, युरिया मल र चौपाया बरामद गरिएको छ ।

त्यस्तै, बोर्डर आउट पोस्ट घेराबारीबाट २० हजार रुपैयाँको खाद्यान्न र युरीया मल, बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट २५ हजार रुपैयाँको युरिया मल, बोर्डर आउट पोस्ट भागडुब्बाबाट १ लाख ५१ हजार २४० रुपैयाँ मे. ९ प १८५८ नम्बरको डिस्कभर मोटरसाइकल र खैनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बोर्डर आउट पोस्ट बाहुनडाँगीबाट १ लाख १९ हजार ३२५ रुपैयाँको युरिया मल र सेनिटाइजर, बोर्डर आउट पोस्ट कुन्जीवबरीबाट ४८ हजार ८५० रुपैयाँको को. ६ प ३२५ नम्बर को मोटरसाइकल र सुर्ती, बोर्डर आउट पोस्ट काँकरभिट्टाबाट ७२ हजार ९०० रुपैयाँको खाद्यान्न र कपडा बरामद गरिएको छ ।

बोर्डर आउट पोस्ट केचनाबाट १ लाख ६० हजार ९१० रुपैयाँको खाद्यान्न, हार्डवेयर र युरिया मल, बोर्डर आउट पोष्ट गौरीगंजबाट १० हजार रुपैयाँको युरिया मल, बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट ५४ हजार ७१० रुपैयाँको सुर्ती, हरियो मटर र खाद्यान्न बरामद गरेको भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer