२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शरणामतीमा १२८ पिन्ट रगत संकलन


बिर्तामाड, भदौ १९ । देशभर सञ्चित रगतको अभाव भइरहेका बेला झापाको ग्रामीण बजार शरणामतीमा १२८ पिन्ट रगत संकलन भएको छ ।

नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ ले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाता युवा उत्साहित देखिएका थिए ।

लकडाउनका कारण मानिसको जमघटमा प्रतिबन्ध लागेपछि रक्तदान कार्यक्रम पनि प्रभावित रगत अभाव हुँदै आएको छ । प्रसूति, रक्तश्राव तथा दुर्घटनाका बिरामीलाई रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीलाई हम्मे पर्दै आएको छ ।

रक्तदानअघि आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य देउकुमार थेवे, क्षेत्रीय सभापति जयनारायण शाह, सचिव शिव कडेल, रेडक्रसकर्मी जगन्नाथ राजवंशी, झापा ६ का वडा अध्यक्ष हरिबहादुर बानियाँ, रोहित पौद्दारलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ का सभापति मनप्रसाद मिश्रले रक्तदातालाई धन्यवाद गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer