२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रोकियो


बिर्तामोड, भदौ २३ । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन छन् ।

रलमार्गअन्तगर्त बिर्तामोड सैनिकमोड आसपासका नागरिकले यसअघि जग्गाको मुअब्जाप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष विरोध प्रकट गरेका थिए । जग्गा अधिग्रहण नगरी ठेक्का लगाएकोमा देशभर विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer