२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ट्रेलियाका नेपाली रक्तदाता संगठित


बिर्तामोड, भदौ २३ । अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरु संगठित भएका छन् । हालै गठन भएको नेपाली रक्तदाता संघ अस्ट्रेलियाको अध्यक्षमा झापाका भूपाल सिटौला चयन भएका छन् ।

संघको उपाध्यक्षद्वयमा प्रकाश खरेल र मुक्तिराम पोखरेल, सचिवमा प्रकाश लामिछाने, सहसचिवमा चन्द्रप्रसाद ढकाल र कोषध्यक्षमा रञ्जीता भण्डारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा उमेश पोखरेल, नीरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सीमा थापा, दिवाखर काफ्ले, सूर्य खनाल, ईश्वर कुइँकेल, प्रसन्न दाहाल, अजय राजवंशी र राज खनाल रहेका छन् । पोखरेल, खतिवडा र राजवंशी झापाका हुन् ।

संघको संरक्षकमा विनोदप्रसाद मैनाली छन् भने सल्लाहकारमा दिनेश पोखरेल, विष्णु हमाल, टोन्नु घताने, भरत पोखरेल, हेमन्त काफ्ले, भैरव ढकाल, भोमा लिम्बू, महेन्द्र ओली र डक्टर देवेन्द्र सापकोटा रहेका छन् । दिनेश, भोमा र महेन्द्र झापाका हुन् ।

दुई वर्षे कार्यकालका लागि चयन भएको समिति अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघमा आवद्ध रहेको सल्लाहकार दिनेश पोखरेलल जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer