२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल


बिर्तामोड, भदौ २४ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनले फ्रिकिकमा सिधै गोल गर्दै १०० गोल पूरा गरेका हुन् ।

३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५ औँ मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२ औँ मिनेटमा दोस्रो गोल गरे । युइएफए नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्धको खेलमा रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।

स्टार खेलाडी रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

अलीले सन् १९९३–२००६ बीच १०९ गोल गरेका थिए । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer