२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

क्रिकेटरको बढ्यो तलब


बिर्तामोड, भदौ २६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलाडीको तलब बढाएको छ । उसले हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएको हो ।

आइसिसीले बृद्धि भएको ग्रेडअनुसार नपाली खेलाडीलाई तलब पठाएको छ । ग्रेड ए का खेलाडीले मासिक ४५ हजारका दरले पठाएको छ । ग्रेड बी का खेलाडीले ३५ र सी मा रहेका खेलाडीले २५ हजार मासिकका दरले पठाएको हो ।

सोहीअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रीय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो ।

यसअघि ए ग्रेड खेलाडीले ३५ हजार, बी ग्रेडकाले २५ हजार र सी ग्रेडका १५ हजार प्राप्त गर्दै आएका थिए । तर, आइसिसीले खेलाडीको तलब बढाउने निर्णय गरेपछि बृद्धि भएको ग्रेडअनुसार खातामा रकम जम्मा भएको छ ।

क्यानले २०१९ को ग्रेडका ए र बी मा ८–८ जना खेलाडीलाई राखेका छ । सी ग्रेडमा ६ जना खेलाडी छन् । २०१९ मा राम्रो प्रर्दशन गरेका विनोद भण्डारी ग्रेड ए मा छन् । २०१९ मा खासै अन्तर्राष्ट्रिय खेल नखेलेका स्पिनर वसन्त रेग्मीले ग्रेड बी को पारिश्रमिक पाउने छन् । तीव्र गतिका बलर अभिनाश बोहरा र आरिफ शेख ग्रेड बी मा छन् । अभिनाश बोहराले खातामा पैसा आइसकेको पुष्टि हाम्रो खेलकुदलाई गरेका छन् ।

२०१९ मा खेलाडीको ग्रेड :

ग्रेड ए: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी र दीपेन्द्र सिंह ऐरी ।

ग्रेड बी: रोहित कुमार पौडेल, अभिनाश बोहरा, सुशन भारी, मोहम्मद आरिफ शेख, ललित नारायण राजवंशी, सन्दीप जोरा, पवन सरार्फ र वसन्त रेग्मी ।

ग्रेड सी: कुशल भुर्तेल, राशिद खान, ईशान पान्डे, राजु रिजाल, प्रदीप ऐरी र कुशल मल्ल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer