२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुईवटा मोटरसाइकल बरामद


बिर्तामोड, भदौ २८ । सशस्त्र प्रहरीले झापा गाउँपालिका ५ पन्थापाडास्थित राधाबस्तीबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

आइतबार साँझ गरिएको चेकजाँचमा मे. २ प ७९४ नम्बरको होन्डा साइन र मे. ११ प ८०७५ नम्बरको एफजेड मोटरसाइकल पनि बरामद गरिएको छ । मोटरसाइकलमा सवार व्यक्ति भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्र्वाटर झापाका सूचना अधिकृत प्रेमबहादुर भण्डारीका अनुसनर मोटरसाइकलको छेउमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोलामा छाडिएको अवैध लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) २३ दशमलव ९ ग्राम फेला पारेको थियो ।

ती व्यक्तिले मोटरसाइकलमा हालेर भारतबाट ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा गण र बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको सशस्त्र प्रहरीलाई देखेपछि भागेको बताइएको छ । नियन्त्रणमा लिइएको दुई वटा मोटरसाइकल र ब्राउन सुगर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer