२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बञ्चरोले हानेर आमाको हत्या


दमक, भदौ २९ । आमासँग सामान्य विवाद हुँदा झापाको कमल गाउँपालिका ७ का एक युवाले आमाको हत्या गरेका छन् ।

आइतबार साँझ ८ बजेतिर ठुलो बाह्रघरेनजिकै मुसहर बस्तीका २४ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकश थापाले जानकारी दिए ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए । हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer