२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा कक्षा ५ र ६ मा पनि आचरण सचेतना शिक्षा


बिर्तामोड, असोज १ । आधारभूतस्तरका विद्यार्थीलाई आचरण सिकाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले आचरण सचेतना शिक्षा पाठ्यक्रम तयार पारेको छ ।

नगरपालिकाले तयार पारेको पाठ्यक्रम बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, पाठ्यपुस्तक तयार समितिका संयोजक युवराज पाण्डेलगायतले विमोचन गरे ।

नगरपालिकाले यो वर्ष कक्षा ५ र ६ को पाठ्यपुस्तक तयार पारेको हो । यसअघि कक्षा ३ र ४ को पाठ्यपुस्तक तयार भएर अध्ययन सुरु भइसकेको छ । अर्को वर्ष कक्षा ७ र ८ मा पनि आचरण सचेतना शिक्षा अनियार्य लागु गरिने नगरप्रमुख शिवकोटीले जानकारी दिए ।

नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुख शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, मेची क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्ग खरेल, शिक्षक महासंघका नगर सचिव उमानाथ भण्डारी, टिका पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adv footer