२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आइपिएल: चेन्नईको विजयी सुरुवात


बिर्तामोड, असोज ४ । इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । साविक विजेता मुम्बईलार्ई ५ विकेटले पराजित गर्दै चेन्नईले शानदार सुरुवात गरेको हो ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

साम करनले १८ तथा रविन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्रसिंह धोनी शून्य रनमा अविजित रहे । मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटिनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डेय र राहुल चाहरले १र१ विकेट लिए ।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । त्यस्तै, कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादव १७ तथा हार्दिक पाण्डेयले १४ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । रविन्द्र जडेजा र दिपक चाहरले २÷२ विकेट लिए । साम करण र पीयूष चावालाको नाममा १र१ विकेट रह्यो ।

जितसँगै चेन्नईले मुम्बईसँग गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

त्यस्तै, कप्तान धोनीले चेन्नईका लागि आफ्नो कप्तानीमा १०० औँ जित पूरा गरेका छन् । खेल अबुधाबीस्थित शेख जायद रंगशालामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer