२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

आइपिएल: दिल्लीविरुद्ध पञ्जाबको खेलमा सुपर ओभर जरुरी थियो ?


बिर्तामोड, असोज ५ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किंग्स एलेभेन पञ्जाबलाई पराजित गरेको छ ।

तर, सुपर ओभरका बारेमा धेरैले प्रश्न उठाएका छन् । भारतीय समाचार पोर्टल द लल्लनटपले दिल्ली र पञ्जाबबीच भएको खेलबारे यस्तो लेखेको छ :

१५८ रनको लक्ष्य पछ्याउँदै गरेको टिमको अवस्था कुनैबेला ५५/५ को थियो। फेरि एकजना ब्याट्सम्यानको उत्कृष्ट पारीका कारण अन्तिम दुई बलमा १ रनको आवश्यकताको स्थिति बन्न पुग्यो। तर, अन्त्यमा दुई बलमा रन जोड्न नसक्दा पराजय। यो सिनारियो हो किंग्स ११ पञ्जाब र दिल्ली क्यापिटल्सको गएरातिको खेलको। जसमा सुपर ओभरमा गएर दिल्लीले खेल जित्यो।

यद्यपि, सामाजिक सञ्जालमा पञ्जाबका समर्थकदेखि लिएर दिग्गज क्रिकेटरहरु पनि खेलको एउटा निर्णयलाई लिएर ’बेइमानी’ भएको दाबी गरिरहेका छन्। उनीहरुको तर्क छ म्याचमा सुपर ओभरको आवश्यकता थिएन, पञ्जाबले निर्धारित ओभरमै खेल जितिसकेको थियो।

म्याचमा के भएको थियो? सुरुबाट हेर्दै जाउँ। पञ्जाबले टस जितेर दिल्लीलाई ब्याटिङको निम्ता दियो। दिल्लीले १५७ रन बनायो जसमा सबैभन्दा महत्वपूर्ण योगदान स्टोइनिसको रह्यो।

फेरि पालो आयो पञ्जाबको। पञ्जाब ५५/५ को अवस्थामा रहँदा म्याच हातबाट बाहिरिँदै गरेको देखिन्थ्यो। तर, ब्याट्सम्यान मयंक अग्रवाल डटिरहे र पारी सम्हाले। उनले म्याचलाई १६ ओभरसम्म ल्याए र ब्याटिङको गियर फेरे। १६ औँ ओभर सकिँदा पञ्जाबलाई २४ बलमा ५३ रनको आवश्यकता थियो। १६ औँ ओभरमा दुई बाउन्ड्री लगाएका मयंकले १७ औँ ओभरमा दुई छक्का प्रहार गरे। हेर्दाहेर्दै पञ्जाबलाई १२ बलमा २५ रनको आवश्यकता प¥यो। खेल दिल्लीको हातबाट फुत्किएजस्तो देखिन थाल्यो।

त्यस्तै, १९ औँ ओभर लिएर रवाडा आए। मयंकले यस ओभरमा पनि २ चौका लगाउँदा खेलमा पञ्जाब पूर्णत हावी भएको देखियो।

यही ओभरको तेस्रो बललाई लिएर कन्ट्रोभर्सी भएको छ अहिले। रबाडाले तेस्रो बल गरे। मयंकले लङ अनको तर्फ प्रहार गरे र दौडिए। अर्कोतर्फ क्रिस जोर्डन पनि दौडिए। तर, जब उनले रन पूरा गरे फिल्ड अम्पायरलाई लाग्यो नि सायद जोर्डनले रन पूरा गरेनन्। त्यसैले, उनले थर्ड अम्पायरलाई सोधे। थर्ड अम्पायरले यसलाई ’सर्ट रन’ करार गरिदिए।

अर्थात् रन आएन। तर, पछिको भिडियोमा भने रन पूरा भएको देखिन्छ। अन्तिम ओभरमा आएर १ रनकै कारण म्याच टाइ हुन पुग्यो। त्यसपछि त दिल्लीले सुपर ओभरबाट खेल जित्यो।

अम्पायरको यो निर्णयलाई लिएर पञ्जाबका फ्यानहरु त प्रश्न उठाइरहेका छन् नै दिग्गज क्रिकेटहरुले पनि प्रश्न गरिरहेका छन्। भारतीय क्रिकेट टिमका पूर्व सदस्य वीरेन्द्र सहभागले आफू त्यो निर्णयसँग सहमत नभएको भन्दै त्यो रन सर्ट रन नभएको दाबी ट्वीटरमार्फत् गरेका छन्।
त्यस्तै, अर्का भारतीय क्रिकेट टिमका पूर्व सदस्य इर्फान पठानले पनि ’सर्ट रन’ लाई लिएर प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer