२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

माइक्रो बायोलोजिस्ट शाहलाई अभियानद्वारा सम्मान


बिर्तामोड, असोज ६ । अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार शाहलाई झापामा सम्मान गरिएको छ ।

झापाका २० वटा सामाजिक संघसंस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियानले शाहलाई मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच सम्मान गरेको हो । अभियानद्वारा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न प्राविधिक रुपमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो ।

मेडिकल माइक्रो बायोलोजिस्ट रहेका शाहले लकडाउनपछि देशभर सातवटा प्रयोगशाला स्थापनामा प्रमुख प्रविधिकका रुपमा काम गरेका छन् । अभियानद्वारा कनकाईको कोटिहोममा स्थापित प्रयोगशालाको उनले डिजाइन, उपकरण छनोट, उपकरण सेटिङ, जनशक्तिलाई तालिम प्रदान गरेका थिए ।

अभियानले शाह र अन्नपूर्ण न्युरो हस्पिटललाई कदरपत्र प्रदान गरेको छ भने बिर्तामोड उद्योग वाणिज्य संघ, झापा गोल्डकप, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड र रोटरी क्लब अफ बिर्तामाडले मायाको चिनो प्रदान गरेका थिए ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोकराज ढकालले अभियान र शाहको काम अनुकरणीय रहेको बताए । सहसंयोजक विनोद बस्नेतले अभियानले कोरोना नियन्त्रणका लागि नागरिकस्तरबाट सुरु गरिएको अभियान सफल भएको बताए ।

सम्वाद समूहका तर्फबाट पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा संयोजक गिरीले एक करोड रुपैयाँको लागतमा स्थापित प्रयोगशाला जनताको स्वास्थ्यप्रति सचेत हुँदै सरकारलाई सहयोग पुर्याउन स्थापना गरिएको बताए । उनले केही दिनमै प्लाज्मा थेरापी बैंक पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।

अभियानको ११ लाख रुपैयाँ सहयोगमा रेडक्रसले बिर्तामोडमा बैंक स्थापना गर्दैछ । त्यस्तै, परीक्षणको दायरा बढाउन पिसिआर प्रयोगशालाका लागि अभियानले थप एउटा बायो सेफ्टी क्याबिनेट जडान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer