२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा मरेका माछा बिक्रीमा रोक


बिर्तामोड, असोज १५ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ ।

नगरकार्यपालिकाको आज बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार बिर्तामोड नगरभित्र विषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

नगरपालिकाले सबै नगरबासी तथा उपभोक्ताहरुमा त्यस्तो माछा खरिद नगर्न पनि आह्वान गरेको छ । त्यस्ता माछामा रसायन प्रयोग गरिएको हुनाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले बिक्री वितरणमा रोक लगाइएको हो ।

असोज १४ गते मत्स्य व्यवसायी संघको तर्फबाट १० जना माछा कृषकले नगरपालिकालाई अनुरोध गर्दै मरेका माछा बिक्री बन्द गर्न अनुरोध गरेका थिए । भारतबाट आयातित फर्मालिन प्रयोग गरिएका माछाको बिक्री भइरहेकोले व्यवसायीले बिक्रीमा रोक लगाउन नगरलाई अनुरोध गरेका हुन् ।

नगरपालिका र आसपासमा रहेका माछा कृषकहरुलाई बजारिकरणमा असर पारेको हुँदा भारतबाट आउने मरेका र सडेका माछा बिक्रीमा रोक लगाउन उनीहरुको अनुरोध थियो ।
व्यवसायीहरु हरिप्रसाद मैनाली, दुर्गाप्रसाद भट्टराई, युवराज पाण्डे, प्रकाश खतिवडा, सुमन न्यौपाने, कपिल न्यौपाने, छविराज चुँडाल, मोहन सिंह राजवंशी, हर्कबहादुर कार्की र चन्द्र प्रसाईंले मरेका माछाको बिक्री बन्द गराइदिन नगरपालिका समक्ष अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer